चर्चलाई पुन: पत्ता लगाउनु

ख्रीष्टको शरीर किन अत्यावश्यक छ

साझेदारीता

चाँडै आउँदैछ

तपाईंको भाषामा चर्चको महत्वलाई पुन:
पत्ता लगाउनुहोस् पुस्तकको प्रतिलिपि अर्डर गर्नुहोस्!

के चर्च वास्तवमै त्यति धेरै महत्त्वपूर्ण छ?

आजका चर्चहरूले गाह्रो समस्याहरूको सामना गरिरहेका छन् । सायद तपाईं स्थानीय चर्चमा प्रतिबद्ध हुँदा आउने समस्याको लागि के यो योग्य छ भनेर सोचिरहेकाहरू मध्ये एक हुन सक्नुहुन्छ।

यो पुस्तक समसामयिक अनुस्मारक हो कि चर्च केवल प्रतक्ष प्रशारण मात्र होइन—यो परमेश्वरका जनहरूको एक अत्यावश्यक सङ्गति हो जसले परमेश्वरको मिशनलाई अघि बढाउँदछ ।

लेखहरूको बारेमा

जोनाथन लीम्यानले (पी. एच. डी, वेल्स विश्वविद्यालय) ९ चिन्हहरूको लागि सम्पादकीय निर्देशक र पास्टर्स टक पोडकास्टको लागि सहकर्मीको रूपमा काम गर्नुहुन्छ । उहाँ दर्जनौं भन्दा बढी पुस्तकहरूको लेखक वा सम्पादक हुनुहुन्छ, साथै उहाँले धेरै सेमिनारहरूमा सिकाउनुहुन्छ ।

जोनाथन आफ्नी श्रीमती र चार छोरीहरूसँग वाशिंगटन डि.सी.को एउटा उपनगरमा बस्नुहुन्छ र उहाँ शेभर्ली ब्यााप्टिष्ट चर्चका एल्डर हुनुहुन्छ । तपाईं उहाँलाई ट्विटर @ jonathanleeman मा पछ्याउन सक्नुहुन्छ ।

कोलीन ह्यान्सेनले (एम. डीभ, ट्रिनिटी इभेलजिकल डिभिनिटी स्कूल) गोस्पल कोलिसनको लागि सामग्रीको उपाध्यक्ष र प्रमुख सम्पादकको रूपमा काम गर्नुहुन्छ । उहाँले गोस्पेलबाउन्ड पोडकास्ट होस्ट गर्नुहुन्छ र उहाँ गोस्पेलबाउन्ड: लिभिङ्ग वीथ रिजोलूट होप इन एन एङ्सिओस् एज पुस्तकको सहलेखक हुनुहुन्छ ।

उहाँ बर्मिंघम, अलाबामाको रिडिमर कम्युनिटी चर्चमा एल्डरको रूपमा सेवा गर्नुहुन्छ, र बीसन डिभिनिटी स्कूलको सल्लाहकार बोर्डमा पनि हुनुहुन्छ । तपाईं उहाँलाई ट्विटर @collinhansen मा पछ्याउन सक्नुहुन्छ ।

चर्च केहि आत्मिक प्रोत्साहन पाउने एक आरामदायी ठाउँ भएको कारण परमेश्वरले हामीलाई आमन्त्रित गर्नुहुन्न…उहाँले हामीलाई एउटा यस्तो घरमा स्वागत गर्नुहुन्छ जुन घर हामी विरलै चाहन्छौं तर हामीलाई त्यसको सख्त खाँचो छ ।

समर्थनहरू

अब चर्चलाई मानिलिनु मिल्दैन; हामी जे गर्दैछौं किन गर्दैछौं यस पुस्ताले जान्न चाहन्छ । ह्यान्सेन र लीम्यानले बाइबलको विचारलाई वास्तविक संसारको अनुभवसँग एकीकृत गरेर चर्च आज के हुनुपर्दछ भन्ने कुराको घोषणापत्र प्रस्तुत गर्दछन्…यो तपाईंको चर्चले पढिरहेको र कुरा गरिरहेको पुस्तक हुनुपर्दछ ।

म्याक स्टाएल्स, मिशनरी र मध्य पूर्वमा अवस्थित एउटा चर्चका पूर्व पास्टर; र सुसमाचार-प्रचारका लेखक

स्थानीय चर्चको महत्वपूर्ण आवश्यकता सम्बन्धी दुविधा र निराशाको युगमा यो एक अत्यन्त समसामयिक पुस्तक हो । ह्यान्सेन र लीम्यानले एक विश्वासीको जीवनमा चर्चको भूमिका सम्बन्धी तार्किक, व्यावहारिक, बाइबलीय, र आधारभूत ज्ञान प्रदान गरेका छन् ।

मिगुएल नुनेज, वरिष्ठ पास्टर, सान्टो डोमिंगोको अन्तर्राष्ट्रिय ब्याप्टिस्ट चर्च, डोमिनिकन रिपब्लिक

के तपाईंलाई चर्च चाहिन्छ?

 

यस पुस्तकले तपाईंलाई चर्चको महत्वलाई पुन: पत्ता लगाउन सहयोग पुर्‍याउँनेछ । वा हुनसक्छ यसले तपाईंलाई पहिलो पटक किन परमेश्वर तपाईंबाट स्थानीय चर्चमा भेला हुने र आफैलाई समर्पित गर्ने प्राथमिकता चाहनुहुन्छ भनि पत्ता लगाउन मद्दत गर्न सक्छ ।

 

अर्डर डाउनलोड

के तपाईंलाई चर्च चाहिन्छ?

यस पुस्तकले तपाईंलाई चर्चको महत्वलाई पुन: पत्ता लगाउन सहयोग पुर्‍याउँनेछ । वा हुनसक्छ यसले तपाईंलाई पहिलो पटक किन परमेश्वर तपाईंबाट स्थानीय चर्चमा भेला हुने र आफैलाई समर्पित गर्ने प्राथमिकता चाहनुहुन्छ भनि पत्ता लगाउन मद्दत गर्न सक्छ ।

समान सामग्री

तपाईं किन चर्चमा सहभागी हुनुपर्छ ?

बीसवर्ष भन्दा बढी पास्टरीय सेवकाइको अवधिमा  मैले दर्जनौँ मानिसहरूलाई भेटेको छु, जो चर्च सदस्यताको विचारलाई लिएर सङ्कोच मान्ने गर्दछन् । अन्तत …

कोभिड –१९ पछि चर्च फर्किनुका दश कारणहरू

केही महिनादेखि धेरै चर्चहरूले व्यक्तिगत रूपमा भेट्न स्थगित गरेका छन् । विश्वव्यापी महामारी कोभिड-१९ का कारण सरकारी नियमहरू …

Why You Should Join a Church?

Christianity is about a personal relationship with God through Jesus Christ, not about attaching your name to a piece of paper or engaging in church business meetings. In fact, why waste time talking about church membership when we could be talking about Jesus?

©️ 2021 Gospel Publication